National life

भक्तपुर उद्योग वाणिज्य संघमा ५७ वर्षपछि पहिलो पटक महिला अध्यक्ष निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
717Shares
भक्तपुर उद्योग वाणिज्य संघमा ५७ वर्षपछि पहिलो पटक महिला अध्यक्ष निर्वाचित
ncell

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य सङ्घको ३६औँ साधारणसभा एवं अधिवेशन–२०८० बाट अध्यक्ष पदमा रोशनी धौवञ्जा निर्वाचित भएकी छिन् ।

सङ्घको ३६औँ साधारणसभाले धौवञ्जाको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको हो । सङ्घको आइतबार सम्पन्न अधिवेशनले सङ्घको ५७ वर्षीय इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन् ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कृष्णमुरारी न्यौपाने, उपाध्यक्षमा गणेशहरि प्रजापति, वस्तुगत उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, एशोसियट उपाध्यक्षमा दिनेश गोसाईं,महासचिवमा नवीन प्रजापति, सचिवमा सचिन्द्र प्रधानाङ् र कोषाध्यक्ष विश्वराम दुवाललाई निर्वाचित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सदस्यमा अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, कृतन अवाल, गोकर्ण न्यौपाने, गौतम सुखजु, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानावासु, रुकेश रञ्जित, सुरेन्द्र प्रजापति, श्यामप्रसाद मानन्धर निर्वाचित भएका छन्।

महिला सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की, वस्तुगत सदस्यमा गणेशभक्त हुँमागाइँ, एशोसियट सदस्यमा जीतेन्द्र खायमली र राजेश त्वानावासु निर्वाचित भएका निर्वाचन समिति संयोजकले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?