काठमाडौं । बजारमा सिमेन्टको खपत घटेसँगै भूगर्भ सिमेन्टको व्यापार १४ प्रतिशतले घटेको छ । कम्पनीको अघिल्लो वर्षको तुलानामा यस वर्ष अर्थात २०२३ मा १४ प्रतिशतले व्यापार घटेको छ ।
अघिल्लो वर्षमा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा सङ्कुचन देखिएको छ कम्पनीले १ अर्ब २६ करोड ४० लाख रुपैयाँको मात्र कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा भने १ अर्ब ४२ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो।
सन् २०२३ मा कम्पनीको नाफा २.६१ प्रतिशतले घटेर ७.७ प्रतिशत कायम भएको उल्लेख छ । सन् २०२३ मा अर्थतन्त्रमा देखिएका समस्याका कारण पूर्वाधार क्षेत्रले गति लिन नसक्दा मागमा कमी आएको कारण व्यापारमा असर पुगेको कम्पनीको भनाइ छ । कम्पनीसँग दैनिक ३२ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै क्षमता छ । कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट दैनिक ७ सय मेट्रिक टन उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले दैनिक ३ सय मेट्रिक टन क्षमतामा क्लिङ्कर उत्पादन गर्दै आएको छ।
कम्पनीले क्लिङ्कर, फ्लाईएस, स्ल्याग, जिपसम आदिजस्ता कच्चा पदार्थ प्रयोग गरी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले दैनिक ३२ सय मेट्रिक टन क्षमतामा क्लिङ्कर उत्खनन् गर्ने प्रतिबद्धतासहित लाइसेन्स लिएको छ ।


































