National life

भृकुटीमण्डपमा रियल इस्टेट एक्स्पो हुँदै, ६० हजार बढीले अवलोकन गर्ने विश्वास 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
580Shares
भृकुटीमण्डपमा रियल इस्टेट एक्स्पो हुँदै, ६० हजार बढीले अवलोकन गर्ने विश्वास 
ncell

काठमाडौँ। पुष १२ गते बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा आठौँ रियल इस्टेट एक्स्पो हुने भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले पुस १२ देखि १५ सम्म रियल इस्टेट एक्स्पो सञ्चालन गर्न लागेको हो ।

यस पटकको मेलाले सर्वसाधारण सबैमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा समुचित सूचना तथा जानकारी उपलब्ध गराई व्यवसायलाई समय साक्षेप विकास एवं विस्तार गर्न योगदान पुऱ्याउने अपेक्षा गरिएको आयोजकको भनाई छ ।

नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पुऱ्याइरहेका व्यवसायीहरू र यसका उपभोक्ताहरूलाई एकै थलोमा भेला गराई व्यवसायीहरूले आफ्नो नवीनतम उत्पादन उपभोक्तामाझ पुऱ्याउन यस मेलाबाट जानकारी लिन सकिने आयोजकको भनाई छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आठौँ पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरूले आ(आफ्ना सेवा तथा उत्पादनहरूको प्रदर्शन गर्नेछन् । यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन् ।

मेलामा विद्युतीय सरसामानहरू, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीहरूले आ(आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन् ।

साथै, इच्छुक सहभागीहरूले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरूको शुभारम्भ गर्न चाहेमा सोको समेत व्यवस्था गरिने संघले जनाएको छ । मेलाबाट घरजग्गा तथा अपार्टमेण्टहरु खरिद र बिक्रीमा संलग्न सरोकारवाला तथा दर्शकहरूले सुरक्षित एवं ब्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धा मार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

घर घडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवा प्रदायक संस्थाहरूका लागि यो मेला एउटा साझा मञ्च बन्ने विश्वास लिएको छ । सेवाग्राहीको इच्छा एवं छनोटको आधारमा समुचित मूल्यमा घरजग्गा उपलब्ध हुने गरी कारोबारलाई सरल, सुलभ तथा व्यवस्थित बनाउन यो मेला निकै उपयोगी हुनेछ संघको दाबी छ । मेलाबाट २ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेको छ ।

मेलामा कम्तीमा ६० हजार भन्दा बढी दर्शकहरूले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । अवलोकनका लागि निः शुल्क पासको व्यवस्थापन गरिएको छ । साथै, हालसम्ममा ६० भन्दा बढी स्टलहरू रहने अपेक्षा गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?