काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा सरकारले भोली सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा दिएसँगै सेयर बजार बन्द हुने भएको छ ।
(जेठ १५ गते) मङ्गलवार अर्थात् भोली सेयर बजार विद्यालय तथा बैंक वित्तीय संस्था आंशिक रूपमा बन्द हुने भएको छ । भने केही बैंकहरुले आफ्नो नियमित सेवा निरन्तर प्रवाह गर्ने भएका छन् ।
मंगलबारका दिन बन्द भएको शेयर बजार तथा बैंक वित्तीय संस्थाहरू अब भने जेठ १६ गते, बुधवार बिहान ११ बजे मात्र खुल्नेछ ।


































