National life

मंसिर १७ गते प्रधानमन्त्री सहित ३ दर्जन उद्योगी चिन भ्रमणमा जाँदै (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
559Shares
मंसिर १७ गते प्रधानमन्त्री सहित ३ दर्जन उद्योगी चिन भ्रमणमा जाँदै (सूचिसहित)
ncell

काठमाडौँ। आज स्थानीय तहको उपनिर्वाचन सकिएसँगै भोली सोमबारका दिन प्रधानमन्त्री केपी शर्मा ओली मंसिर २० गतेसम्मका लागि चीन भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री ओली ८७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै चीन जाने गरी मन्त्रिपरिषद्ले प्रस्ताव पारित गरिसकेको छ । त्यसमध्येमा करिब ३ दर्जन उद्योगी व्यवसायी सहभागी हुने सचिवालयको जानकारी छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा विभिन्न क्षेत्रका ३६ जना उद्योगी(व्यवसायी सहभागी हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भ्रमण टोलीमा उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व अध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ लगायत छन् ।

साथै,नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपककुमार मल्होत्रा, उपाध्यक्ष उर्मिला श्रेष्ठ पनि प्रधानमन्त्रीसँगै चिन भ्रमणमा जाने भएका छन् ।

यो टोलीमा स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्की, नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष करण चौधरी, निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डे, सिम्याक्स इङ्क प्रालीका अध्यक्ष अनिल श्रेष्ठ पनि प्रधानमन्त्रीको भ्रमण दलमा समेटिएका छन् ।

भ्रमणका क्रममा चीनका विभिन्न क्षेत्रका उद्योगी व्यवसायीसँग दुई देशबीचको सहकार्यबारे यो टोलीले छलफल गर्ने भएको छ । दुई देशका संस्थाले संयुक्त रूपमा आयोजना गर्ने नेपाल(चाइना विजनेश फोरममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

चीन भ्रमणमा जाने उद्योगी व्यवसायीको सूची 

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?