National life

मधेस प्रदेशमा यस वर्ष १५ लाख मेट्रिकटन बढी धान उत्पादन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ मंसिर २०८१, शनिबार
1.2kShares
मधेस प्रदेशमा यस वर्ष १५ लाख मेट्रिकटन बढी धान उत्पादन
ncell

काठमाडौं । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ ।

गएको आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन धान उत्पादन धेरै भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले जानकारी दिए ।

यस वर्ष मधेस प्रदेशमा धानको उत्पादन बढ्नुमा बेलैमा मनसुन हुनु, रोपाइँको क्षेत्रफल बढ्नु, मल र बीउ पनि सहज उपलब्ध हुनुलाई मुख्य कारण मानिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको कृषि प्रसार अधिकृत मेहताको भनाइ छ ।

गएको वर्षको तुलनामा यस वर्ष पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो । गएको वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादन भएको थियो भने चालू वर्ष प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन भएको छ ।

मधेस प्रदेशमा सबैभन्दा धेरै सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा उत्पादन भएको छ ।

सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन र रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन धान उत्पादन भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धानको खरिद प्रक्रियासमेत शुरु गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?