National life

मर्जरमा गएका दुई वित्तीय संस्थाको सेयर कारोबार रोक्का

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
507Shares
मर्जरमा गएका दुई वित्तीय संस्थाको  सेयर कारोबार रोक्का
ncell

काठमाडौँ । मर्जरमा गएका दुई वित्तीय संस्था जाल्पा र किसान लघुवित्तको सेयर कारोबार रोक्का भएको छ।

यी दुई लघुवित्तले मर्जर सम्पन्न गरी असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको छ । मर्जर पश्चात् मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिस्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ।

यस्तै, कैलालीको लम्बीचुहामा रजिस्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा ४ मा रहने छ ।

यो समाचार शेयर गर्नुहोस्
507SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?