National life

माछापुच्छ्रे बैंकले विविध कार्यक्रम सहित सम्पन्न गर्यो 'ग्लोबल मनि सप्ताह-२०२४'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
600Shares
माछापुच्छ्रे बैंकले विविध कार्यक्रम सहित सम्पन्न गर्यो 'ग्लोबल मनि सप्ताह-२०२४'
ncell

काठमाण्डौ। वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनि विक २०२४ माछापुच्छ्रे बैंक लिमीटेडले भव्य रुपमा मनाएको छ।

प्रोटेक्ट योर मनि सेक्योर योर फ्यूचर भन्ने मूल नाराका साथ मार्च १८ तारिखदेखि २४ तारिखसम्म परेको ग्लोबल मनि विक २०२४ अन्तर्गत माछापुच्छ्रे बैंक लिमीटेडले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनि विक २०२४ भव्य रुपमा मनाएको हो।

सो अवधिमा बैंकले बैंकिङ्ग सम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाका लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरुले प्रदान गरिरहेका डिजिटल सेवाहरु, डिजिटल सेवाहरुको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्लोबल मनी सप्ताह सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ । सोही अनुरुप युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पु¥याउने मद्दत गर्ने विश्वासका साथ बैंकले हरेक वर्ष ग्लोबल मनी सप्ताह मनाउँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?