National life

मातृभूमि लघुवित्तमा सीईओको आवश्यकता, न्यूनतम योग्यता र उमेर हद कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
751Shares
मातृभूमि लघुवित्तमा सीईओको आवश्यकता, न्यूनतम योग्यता र उमेर हद कति ? 
ncell

काठमाडौँ। मातृभूमि लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदका लागि आवेदन माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै सीईओ पदका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त पदका लागि चाटर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ वित्तीय,मौद्रिक,अर्थशास्त्र,वाणिज्य शास्त्र,लेखाशास्त्र तथ्यांकशास्त्र,गणित शास्त्र,व्यापार प्रशासन,जन प्रशासन,ग्रामीण विकास, कृषि,समाजशास्त्र,कानुन,सूचना प्रविधि वा कम्प्युटर विज्ञान विषयमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ कम्पनीले जनाएको छ।

यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिको तहमा रही कम्तीमा १० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवेदकको उमेर ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवारको छनौट व्यावसायिक योजना,प्रस्तुतीकरण तथा अन्तर्वार्ताका माध्यमबाट हुनेछ ।

इच्छुक तथा योग्य आवेदकले साउन २१ गतेसम्म आवश्यक सम्पूर्ण कागजातसहित दरखास्त आवेदन पेश गर्नु पर्नेछ । साबिकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एक आपसमा गाभिएर मातृभूमि लघुवित्त बनेको हो ।

यो समाचार शेयर गर्नुहोस्
751SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?