National life

मिटरब्याज पीडित र सरकारी टोलीबिच वार्ता जारी, माग सम्बोधन नहुन्जेल सडक नछोड्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ फागुन २०८०, सोमबार
665Shares
मिटरब्याज पीडित र सरकारी टोलीबिच वार्ता जारी, माग सम्बोधन नहुन्जेल सडक नछोड्ने
ncell

काठमाडौं ।  मिटर ब्याज पीडित र सरकारी वार्ता टोलीबिच आज पनि वार्ता जारी रहेको छ। आइतबार बेलुका गृह मन्त्रालयमा भएको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि आज फेरी दोस्रो चरणको वार्ता हुन लागेको हो ।

सरकारले वार्ताका लागि गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। मिटर ब्याज पीडितको तर्फबाट मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहक नेतृत्वमा वार्ता टोली बनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहान ११ बजेबाट बस्ने भनिएको भएपनी विविध कारणवश ढिला सुरु भएको वार्ता हाल जारी रहेको छ । सडकमा आन्दोलनरत मिटर ब्याज पीडितले भने आफ्नो माग सम्बोधन नहुँदासम्म कुनैपनी हालतमा सडक नछोड्ने बताएको छ ।

मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिमार्फत देशभरका मिटर ब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?