National life

मुक्तिनाथ क्यापिटलका सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
622Shares
मुक्तिनाथ क्यापिटलका सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह
ncell

काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ।

डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ। खातावालाहरूले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क गरी शुल्क बुझाउन सक्नेछन्।

कम्पनीले मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालय मार्फत डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मेरो सेयर प्रयोगकर्ताले मेरो सेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट शुल्क बुझाउन सक्नेछन् । वार्षिक शुल्क भुक्तानी नगरेका खातावालाहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो सेयर समेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ ।

साथै ग्राहकले एक पटक १९९९ रुपैयाँ भुक्तानी गरी क्यापिटलबाट सञ्चालित आजीवन डिम्याट र मेरो सेयर खाता योजनाको सुविधा लिनसक्ने बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?