National life

मुक्तिनाथ विकास बैंकको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
442Shares
मुक्तिनाथ विकास बैंकको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सत्रौं वार्षिक साधारण सभाले १०.२६ प्रतिशत लाभांश पारित गरेको छ ।

उक्त लाभांश मध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ ।

Royal Enfield
nic asia capital
यसै सभा बाट आ.व.२०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।

वार्षिक साधारण सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरत प्रसाद लम्साल , विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारीले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?