National life

मूल्यवृद्धि र कालोबजारी रोक्न युवा संघद्वारा मन्त्री रिजाललाई ज्ञापनपत्र

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
954Shares
मूल्यवृद्धि र कालोबजारी रोक्न युवा संघद्वारा मन्त्री रिजाललाई ज्ञापनपत्र
ncell

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मूल्यवृद्धि र कालोबजारी रोक्न माग गरेकाे छ । संघले कालोबजारी रोक्न माग गर्दै नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएको हाे ।

युवा संघका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलीले बुधवार मन्त्री रिजाललाई भेटेर आर्थिक तरलता कारण राष्ट्रिय संकट आइपरेका बेला कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि र कालोबजारी बढेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको संघका नेता मनोज खत्रीले जानकारी दिए ।

संघले ज्ञापन पत्र मार्फत रोजगारी सिर्जना गर्नतर्फ पहल नगरेको तथा महँगी नियन्त्रणमा समेत चासो नदिँदा जन–आक्रोश चुलिएको सन्दर्भलाई बुझ्न विलम्ब नगर्न सरकारलाई भनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
954SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?