National life

मेट लाइफको शिक्षा र स्वास्थ्यमा आकर्षक बोनस दर सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ मंसिर २०८०, बिहिबार
1.2kShares
मेट लाइफको शिक्षा र स्वास्थ्यमा आकर्षक बोनस दर सार्वजनिक
ncell

काठमाडौँ । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९–८० का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीको गत आर्थिक वर्षसम्मको आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट पारित भएसँगै जारी बीमालेखहरुमा उक्त बोनसदर कायम हुने कम्पनीले जनाएको छ ।

सार्वजनिक भएको बोनसदरअनुसार कम्पनीका बीमितले अधिकतम प्रतिवर्ष प्रतिहजार न्युनतमा ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस प्राप्त गर्ने भएका छन् ।

कम्पनीको अर्को बिमाङ्कीय मुल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्मको लागि आर्थिक वर्ष २०७९–८० कै बोनसदर मुनाफामा सरिक हुने बीमालेखहरुमा, मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मेट लाइफ इन्स्योरेन्सले कम्पनीले शिक्षा संरक्षण जीवन बीमालेखको हकमा न्यूनतम ६० देखि ८० रुपैयाँसम्म बोनसदर कामय गरेको छ। कम्पनीको यस बीमालेखअन्तरगत १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिका लागि प्रति हजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिकोसबैभन्दा धेरै १६ हजार ५ ३४ वटा बीमालेख बिक्री गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?