National life
cg eloctronics

मौद्रिक नीति समीक्षा कार्यान्वयनका लागि राष्ट्र बैंकले जारी गर्यो परिपत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ जेठ २०८१, आइतबार
489Shares
मौद्रिक नीति समीक्षा कार्यान्वयनका लागि राष्ट्र बैंकले जारी गर्यो परिपत्र
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेका व्यवस्थाहरू कार्यान्वयनको लागि आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र (सर्कुलर) जारी गरेको छ ।

केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै असल कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न, घर कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्न निर्देशन दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, बैंकहरुलाई २० प्रतिशत सेयर लगानी बेच्ने बाटो खोल्न तथा २५ लाखभन्दा ठुलो सवारी कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० मा झार्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

आइतबारदेखि भने सो व्यवस्था कार्यान्वयनमा आएको छ। यसअघि खरिद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?