National life

युनिलिभर नेपालको नाफा र आम्दानीमा गिरावट, यस्तो छ कम्पनीको वित्तीय अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ कात्तिक २०८१, बुधबार
703Shares
युनिलिभर नेपालको नाफा र आम्दानीमा गिरावट, यस्तो छ कम्पनीको वित्तीय अवस्था
ncell

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको नाफा र आम्दानी दुवै घटेको छ।

कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको सोही अवधिको  तुलनामा ४.६३ प्रतिशतले कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले अघिल्लो आवको पहिलो त्रैमाससम्म ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको आम्दानीमा ३.०५ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ अर्ब ३५ करोड आम्दानी गरेको कम्पनीले चालु आवको यस अवधिसम्ममा २ अर्ब २८ करोड मात्रै आम्दानी गरेको छ।

कम्पनीको कुल खर्च पनि २.५१ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब ६७ करोड रुपैयाँ रहेको कम्पनीको खर्च घटेर १ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीको रिटेन्ट अर्निङ ९.५४ प्रतिशतले बढेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २०९६ रुपैयाँ, प्रतिसेयर  नेटवर्थ ५ हजार ८३६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ र रिटेन्ड अर्निङको आकार ५ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?