National life

रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितद्वारा प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
561Shares
रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितद्वारा प्रदर्शन
ncell

काठमाडौँ। सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउको माग गर्दै प्रदर्शन गरेका छन् ।  गोर्खा मिडिया मार्फत लामिछानेले सहकारीको पैसा दुरुपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।

विभिन्न सहकारीमा भएको अपचलनबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिको सिफारिस र गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आइतबार गोर्खा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेर पोखरा ल्याइएको छ । जोशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जोशीलाई अदालत उपस्थित गराउने जानकारीसँगै सहकारी पीडित अदालत गेट बाहिर भेला भएर नाराबाजी सहित प्रदर्शन गरेका हुन् भने रविलाई पनि पक्राउ गर्न पुर्जी जारी हुन लागेको भन्दै रास्वपा नेता कार्यकर्ता शहीद चोकको चौतारामा भेला भएर प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?