National life

रवि लामिछानेलाई पाँचौँ पटक म्याद थप, २ साता हिरासतमा राख्न आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
1.2kShares
रवि लामिछानेलाई पाँचौँ पटक म्याद थप, २ साता हिरासतमा राख्न आदेश
ncell

काठमाडौँ। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आज थपिएको म्याद पाँचौँ पटकको हो । लामिछानेलाई तत्काल काठमाडौँ ल्याउने तयारी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
काठमाडौंबाटपनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ । काठमाडौँपछि चितवन पुर्‍याउने प्रहरीको तयारी छ।

यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनीमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।रवि लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?