काठमाडौँ। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले डेढ महिनापछि सीइओ पाएको छ ।
अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन पश्चात् रिक्त रहेको सीइओ पदका लागि कमल गौतम नियुक्ति भएका हुन् ।
इन्स्योरेन्स कम्पनीको मंसिर १८ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गौतमलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो। कम्पनीले नियुक्ति दिएको भए पनि नेपाल बीमा प्राधिकरणबाट भने स्वीकृति हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।
यस अगाडि कम्पनीका डोरिन्द्रराज दाहालले निमित्त सीइओको जिम्मेवारी सम्हाल्दै आएका छन् । गौतमसँग नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनबि बैंक, सनराइज बैंकमा काम गरेको अनुभव छ ।
त्यस्तै, साबिक एभरेष्ट इस्यारेन्समा सीईओको भूमिका निर्वाह गरेका गौतम साविक एभरेष्ट र साविक हिमालयन इन्स्योरेन्स मर्जरपछि नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) को रुपमा समेत काम गरेका छन् ।

































