National life

लक्ष्मी सनराइजको अगुवाइमा अपर बलेफी हाइड्रोपावर निर्माणको बाटो खुल्यो, कति हुदैछ लगानी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ साउन २०८१, शुक्रबार
634Shares
लक्ष्मी सनराइजको अगुवाइमा अपर बलेफी हाइड्रोपावर निर्माणको बाटो खुल्यो, कति हुदैछ लगानी ?
ncell

काठमाडौँ । कुल नौ अर्ब ४३ करोड रुपियाँ लागत अनुमान गरिएको ४६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत आयोजना निर्माण हुने भएको छ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा निर्माण हुन लागेको यस आयोजनाका लागि सात अर्ब सात करोड ऋण लगानी गरिने भएको छ ।

सह–वित्तीय करणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर लिमिटेडबिच यससम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा अपर बलेफीका निर्देशक सञ्जयकुमार साह र लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनिषराज कुँवरलगायतले हस्ताक्षर गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक÷संस्थापकहरूको लगानी रहने छ ।

लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ४.०७ अर्ब रुपैयाँ रहेको छ। यस्तै, सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा कृषि विकास बैंकको १.५ अर्ब, नेपाल एसविआई बैंकको १ अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहेको छ ।

सो आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादन भए पश्चात् वार्षिक करिब २७४.८९ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो मध्येको स्वतन्त्र उर्जा उत्पादकको रूपमा रहने विश्वास लिएको छ । अपर बलेफी हाइड्रोपावरको प्रवर्द्धकको रूपमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजुलगायत रहेका छन् ।

आयोजना निर्माणका लागि लक्ष्मी सनराइजले चार अर्ब सात करोड ऋण लगानी गर्नेछ भने कृषि विकास बैंकले एक अर्ब ५० करोड, नेपाल एसविआई बैंकले एक अर्ब तथा माछापुच्छ्रे बैंकले ५० करोड रुपियाँ ऋण लगानी गर्नेछन् ।

गोल्यान समूहले १४ वटा परियोजनाहरूको योजना बनाएको पनि जनाएको छ, जसमा सन्  २०३० सम्म नौ सय मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । यस प्रयासमा आठ वटा जलविद्युत परियोजना रहेका छन् । त्यसमा एउटा अपर बलेफी हाइड्रोपावर पनि हो । त्यसैगरि ६ वटा सौर्य ऊर्जा परियोजना रहेका छन् ।  यसले नेपालको नवीकरणीय ऊर्जा पोर्टफोलियोमा विविधता ल्याउने गोल्यान समूहको विश्वास छ ।

सो आयोजना बनेपछि वार्षिक करिब २७४.८९ गिगावाट आवर उर्जा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । गोल्यान समूह प्रमुख योजनाकार रहेको यो आयोजनाले नवीकरणीय ऊर्जाका क्षेत्रमा योगदान पुग्ने आशा लिइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?