National life

लगानी सम्मेलनलाई प्रोत्साहित गरिदिन स्विस सरकारसँग नेपालको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
635Shares
लगानी सम्मेलनलाई प्रोत्साहित गरिदिन स्विस सरकारसँग नेपालको आग्रह
ncell

काठमाडौँ। स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपाल सरकारले वैशाखमा हन लागेको लगानीका सम्मेलनका निम्ति प्रोत्साहित गरिदिन स्विस सरकारसँग अनुरोध गरेको छ।

वैशाखमा हुने लगानी सम्मेलनलाई ध्यानमा राखेर उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्विस सरकारसँग नेपाल सरकाले अनुरोध गरेको हो । नेपाल–स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मङ्गलवार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरेको जेनेभास्थित नेपालको राजदूतावासले जानकारी दिएको छ।

बैठकमा नेपाल–स्वीटजरल्याण्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तन लगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचार विमर्श भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुवै देशबिच उच्चस्तरीय भ्रमण आदानप्रदान,अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्वीटजरल्याण्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको दूतावासले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलका प्रमुख सहसचिव ढकालले स्विस सरकारको प्राथमिकतामा नेपाललाई राखिएकामा आभार व्यक्त गरेका छन् भने स्विस सरकारका प्रतिनिधि हेनरिच सेलेनवर्गले नेपालको विकास प्रयासमा स्विस सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?