National life

बिरक्तिएका र बिच्किएकालाई लगानी सम्मेलनले आशा जगायो : अर्थविद् क्षेत्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
817Shares
बिरक्तिएका र बिच्किएकालाई लगानी सम्मेलनले आशा जगायो : अर्थविद् क्षेत्री
ncell

काठमाडौँ । सरकारले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै समापन भएको छ ।  काठमाडौँमा आयोजना भएको तेस्रो लगानी सम्मेलनको समापनसँगै समग्रमा लगानी सम्मेलन उपलब्धिमूलक रहेको अर्थबिद्हरुको भनाई छ ।

नेपालमा भर्खर समापन भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन कति अर्थमूलक ? र के आधारमा ? भन्ने प्रश्नमा आर्थिक भ्वाईसकर्मी जसिन्द्र श्रीपालीसँग कुराकानी गर्दै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् दीपेन्द्र बहादुर क्षेत्रीले अनुभव बटुल्न र केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भएको मान्न सकिने बताएका छन् ।

क्षेत्रीले सुरुवाती चरणमा सरकारको आवश्यक तयारी नदेखिएको भएपनी समापन चरणसम्म सन्तोषजनक परिणाम दिएको बताए  ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
झट्ट हेर्दा लगानी सम्मेलनले नाफाको अपेक्षा गरिरहेको वा पुँजी भित्र्याउने मात्रै काम गर्छ भन्ने लागेपनी त्यो साँचो नभएर मुलुकले लगानीको अवसर दिन्छ भन्ने सोच राख्न आवश्यक रहेको बताएका छन् ।

हामी नेपालीको अपेक्षा लगानी सम्मेलन सफल भयो भोली बिहानै सरकारको खातामा करोडौँ रुपैयाँ आउँछ भन्ने किसिमको छ । त्यो निकै साँघुरो सोच हो , लगानीको लागी वातावरण बन्यो कि बनेन ? लगानीकर्ता नेपालले तयार पारेको योजनाहरूमा लगानी गर्न तयार देखिए कि देखिएनन् भन्ने कुरा खास हो यसर्थ नेपालले कम्तीमा अन्तर्राष्ट्रिय स्तरमा आशा जगाएको छ । लगानीको लागि आह्वान गर्ने ढोका खुला गरेको छ । यसलाई हामीले सुखद मान्नुपर्ने म ठान्दछु ।, क्षेत्रीले भने

लगानीका लागि वातावरण सिर्जना गर्नुपर्ने भन्नु र अनुकूल वातावरण पाएका छौँ भन्ने अनुभूति सम्बन्धित पक्षहरूको सामाजिक आर्थिक र सांस्कृतिक पृष्ठभूमिमा भर पर्छ । केही मुलुकका पर्यटक अति सेवा भाव र समर्पण खोज्ने हुन्छन् भने कुनै मुलुकका पर्यटक भने नेपाली सामान्य शैलीबाट अति प्रभावित भई आगमन कैंयौं गुणा बढाएका हुन्छन् । लगानी त सम्पत्तिसँग सम्बन्धित विषय हो । प्रत्यक्ष रूपले लाभ र हानि व्यहोरिने यो गतिविधिले आपसी सद्भाव सौहार्दता र संयम पनि खोज्दछ । जुन दुबै पक्षका लागि लाभदायक र चिरस्मरणीय परिघटना पनि हुन्छ ।

सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलनभन्दा अहिलेको लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र उत्साहित भएको हो । लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रलाई सह–आयोजकको रूपमा सँगै लिएर जाँदा निजी क्षेत्र सन्तुष्ट देखिएको छ ।

निजी क्षेत्र सन्तुष्ट हुनु समग्र नेपालको लागी राम्रो पक्ष हो भन्ने महसुस गर्न आवश्यक छ । किनकि निजिक्षेत्रको विकास पनि नेपालभित्रको विकाससँग जोडिएको छ भन्ने भुल्नु हुँदैन । तेस्रो लगानी सम्मेलनमा करिब ९ अर्बभन्दा बढीको लगानी स्वीकृत समेत सरकारको दाबी छ । नेपालमा लगानीको ठुलो सम्भावना रहेको सन्देश विश्वमा पुगेको छ ,अब मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ यो त प्रशंसायोग्य विषय हो क्षेत्रीले भने ।

विगतका लगानी सम्मेलनमा सन्तोषजनक प्रतिफल लिन नसकेको साँचो हो यसमा हाम्रो समेत असन्तुष्टि थियो नै तर अहिलेको लगानी सम्मेलनमार्फत प्रतिफल समेत प्राप्त हुने आशा जागेको देख्न सकिन्छ । सरकारले लगानी सम्मेलनको मुखमा निजीक्षेत्रले माग गरेअनुसार विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन केही कानुनहरू संशोधन गरेकाले थप आशा गर्न सकिन्छ ।

तर 

मुख्य विषय तर मा गएर अडिएको क्षेत्रीको भनाई छ । समग्रमा हेर्दा लगानी सम्मेलनमा उत्साहजनक उपस्थिति पनि रह्यो , नेपालभित्रका लगानीकर्तामा निराशा देखिएको तत्कालीन समयमा सरकारले विदेशी लगानीकर्ता लिएर केही समझौताहरु सम्पन्न गर्‍यो तर यो मुख्य कुरा सम्झौता हैन दीर्घकालीन हो । सरकारले गरेको निर्णय कति दीर्घकालीन हुने । राजनीतिक स्थिरता कतिसम्म कायम राख्ने मुख्य चुनौतीको विषय देखिएको छ ।

प्रमुख प्रतिपक्षमा रहेको नेतादेखि सत्तापक्षसम्मका नेताको एउटै स्वर देखियो सबैले मन खोलेर लगानी गर्न आह्वान गरे यो निकै सुखद समाचार हो तर दीर्घकालीन समयका लागी राजनीतिक दल सच्चिन अझै आवश्यक छ । यहाँ नीतिगत समस्याहरू बाधकको रूपमा देखिएन बरु बाधक त राजनीतिक खिचातानी नै रहेछ तसर्थ यसको निर्मूल हुन सकेको खण्डमा नेपालको खस्किँदो अर्थतन्त्रमा सुधार आउने अपेक्षा राख्न सकिन्छ ।

समग्रमा नेपाल भित्रैका बिरक्तिएका, बिच्किएका लगानीकर्तालाई लगानी सम्मेलनले एउटै बिन्दुमा उभाइदिएको छ त्यो निकै सुखद लागेको छ । क्षेत्रीले भने

लगानी सम्मेलनको महत्वलाई ख्याल गरी झण्डै एक दर्जन ऐन अध्यादेशमार्फत संशोधन गरी लगानीमैत्री बनाइयो । जग्गा प्राप्ति उत्पादनका साधनमध्येको एक हो, सहज र समन्यायिक ढङ्गले प्राप्त हुनु पर्छ भन्ने आधारमा रजिष्ट्रेसन मूल्यको तीन गुणाभन्दा बढी हुनु हुँदैन भन्ने कानूनी नयाँ व्यवस्थाले लगानीका लागि अनुकूलता थपेको छ । उद्यम व्यवसाय सुरु गर्दाका अवस्थामा आइपर्ने झैझमेला समयमै टुङ्ग्याउन ‘द्रुत निराकरण’को पद्धति अनुसरण गर्न सरकार सकारात्मक देखियो यसलाई प्रशंसा गर्न सकिन्छ अर्थविद् क्षेत्रीले भने ।

विविध परिस्थितिमा आयोजना भएको यस लगानी सम्मेलनले विगतमा सँगालिएका अनुभवका आधारमा सच्याउनुपर्ने विषय ताकि त्रुटिरहित ढङ्गले व्यवस्थित गर्न भएको प्रयास प्रशंसनीय छ । सम्भावित लगानीकर्ताहरूको सम्पर्क रहने सहयोगी वा सहजीकरण गर्ने व्यक्ति वा संस्थाले सम्बन्धित पक्षको सामाजिक सांस्कृतिक मान्यताको ख्याल गरी व्यवहार गर्नु पनि महत्त्वपूर्ण जिम्मेवारी रहन्छ ।

क्षेत्रीले आर्थिक भ्वाईससँग भने 'सरकारले लगानी प्रवर्द्धन तथा सहजता बनाउन प्रतिबद्ध रहेको सन्देश दिन सकेकाले पनि विगतको भन्दा यो लगानी सम्मेलन उत्साहका साथ सफल भएको मान्न सकिन्छ । देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइएको निजीक्षेत्रलाई साथमा लिएर हिँड्ने सरकारी घोषणा र नेपालमा लगानी गर्न तयार रहेको विदेशी लगानीकर्ताको घोषणापछि निजी क्षेत्र उत्साहित बनेको देखिन्छ यसर्थ सरकारलाई धन्यवाद दिने पर्याप्त ठाउँ बनेको छ ।'

यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?