National life

लगानी सम्मेलनका लागि बोर्डले तयार पार्‍यो १४८ वटा परियोजना प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ वैशाख २०८१, मङ्गलबार
1.4kShares
लगानी सम्मेलनका लागि बोर्डले तयार पार्‍यो १४८ वटा परियोजना प्रस्ताव
ncell

काठमाडौँ । यही वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलन हुँदै छ । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार पारेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको बसेको बोर्डको बैठकमा सचिवालयको तर्फबाट लगानी सम्मेलनमा प्रस्तुतिका लागि १४८ वटा परियोजना प्रस्ताव तयार पारिएको जानकारी गराएको हो ।

निजी क्षेत्रलाई समेत प्राथमिकता दिएर तयार पारिएको उक्त प्रस्ताव बोर्ड बैठकमा पेस गरिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायको भनाई छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
। उपाध्यायका अनुसार त्यसमा केही परियोजनाहरू छुटेको खण्डमा थप गर्न पनि प्रधानमन्त्री दाहालले बोर्डलाई निर्देशन दिएको जानकारी गराएका छन् ।

बिना स्वीकृति थप लगानी भित्रिएकाले थपिएको अन्योललाई चिर्ने काम बोर्ड बैठकले गरेको पनि बोर्डका प्रवक्ता उपाध्यायले बताए । यता ह्वासिङ नारायणी सिमेन्टले ६ अर्ब ६३ करोड ४० लाख थप बजेट लगानी गर्ने प्रस्ताव ल्याएको थियो ।

त्यसमा लगानी गर्नुअघि बोर्डको अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसै गरी डाबर नेपाल प्राइभेट लिमिटेडले इन्भेस्टमेन्ट थप्ने र प्रडक्टलाई पनि थप्ने भन्ने प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?