काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई बोर्डको सीईओमा नियुक्त गरेको हो ।
उनी भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी समेत रहेर काम गरेका व्यक्ति हुन् ।
बोर्डको सीईओ बन्न आवेदन दिएकामध्ये छनौट तथा सिफारिस समितिले तयार गरेको सर्टलिस्टमा ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगाना परेका थिए ।


































