National life

लगानी सम्मेलनलाई सन्दर्भ,परिवेश र तयारी पुगेन: बरिष्ठ अर्थविद् डा. आचार्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ फागुन २०८०, मङ्गलबार
806Shares
लगानी सम्मेलनलाई सन्दर्भ,परिवेश र तयारी पुगेन: बरिष्ठ अर्थविद् डा. आचार्य
ncell

काठमाडौं । बरिष्ठ अर्थविद् डा. केशव आचार्यले लगानी सम्मेलनलाई अहिलेको समय त्यति धेरै सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । आर्थिक भ्वाईससँगको कुराकानीमा आचार्यले देशको राजनैतिक, आर्थिक माहोल सहि नभएको भन्दै लगानी सम्मेलनको मुख्य तात्पर्य नै  तय नहुँदै हतारमा सम्मेलन गर्न खोजिएको स्पष्ट पारेका हुन् ।

यस्तो छ अर्थविद् डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आचार्यको टिप्पणी

आफ्नो देशको बजारीकरणका लागि लगानी सम्मेलन एउटा अस्त्र हो । मेरो देश लगानी योग्य छ, यो–यो कुरामा राम्रो छ भनेर देखाउँने अवसर पनि हो, लगानी सम्मेलन । हाम्रो देशमा मात्र होइन अन्य देशमा पनि यो गरिएकै हुन्छ । अस्ति दुबैले पनि हाम्रो रोजगार मेलाको आयोजना गरेको थियो । चाईनिजहरुले त त्यस्तो मेलाको बेला–बेलामा आयोजना गरिरहेका हुन्छन् । कहिले गाडीको, कहिले हवाई जहाजको सम्मेलन उनीहरुले गर्छन् । अब लगानी सम्मेलनको आवश्यकता र औचित्य, यसको अवधारणामा मेरो खासै टिप्पणी छैन । तर, लगानीको लागि हामीले (सो केस) प्रदर्शन गर्ने कुरा चाही महत्वपूर्ण कुरा हो । जलविद्युत, एयरपोर्ट वा विशेष आर्थिक क्षेत्र खोल्ने कुरा होस् । त्यसको लागि हामीसँग डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) सहितको विशेष आर्थिक क्षेत्र खोल्न लाग्यौं भने त्यसका लागि सय हेक्टर, दुई सय हेक्टर, पाँच सय हेक्टर, कति जग्गा चाहिन्छ ? त्यसको योजना तयार हुुनुपर्यो । त्यसको लागि पूर्वाधार पूरा तयार हुुनुपर्यो । बनाउँन कति वर्ष लाग्ने हो ? त्यसलाई जोड्ने पूर्वाधारको बारेमा पनि अध्ययन हुन जरुरी छ ।

जस्तै, सुर्खेतमा वा दाङमा कुनै आयोजा खोल्ने तयारी भयो भने त्यसमा हजार हेक्टरमा बनाइने हो भने त्यसमा जाने ड्राईपोर्ट, भन्सार त्यहाँ जाने बाटो, बिजुली, इन्टरनेट, पानीको व्यवस्था यो सबै नियन्त्रण गर्ने सबै तयार गर्दा कूल लगानी कति लाग्छ ? त्यसको तयारी हुनुपर्यो । त्यसमा (फिजिबल) यो यो उत्पादन गर्ने यसको बजार यस्तो हो भन्ने चाहिन्छ । त्यसमा के–के उत्पादन गर्ने हो ? के कस्ता सीप भएका जनशक्ती त्यहाँ चाहिन्छ ? लगायतका इति वृत्तान्त हामीले सो केस गर्न सक्यो भने त्यो लगानी सम्मेलन सफल हुन्छ । सम्पूर्ण बनिबनाउँ खाँका, डिपिआर हामीसँग चाहिन्छ ।

हामीले के मा लगानी गर्न खोजेको हो ? भन्ने कुरा मूख्य हो । त्यसमा पर्यटन, जलविद्युत, सिँचाई, सडक, कृषी अथवा ठूलो सिमेन्ट लगायतका कारखाना हो भन्नेमा हामीले पहिला फोकस गर्नु पर्यो । यो भयो भौतिक रुपमा हुने तयारीको कुरा ।

लगानीमा अर्को पाटो भनेको सामाजिक, मनोवैज्ञानिक पक्ष पनि महत्वपूर्ण हुन्छ । मान्छेलाई मुलुकमा राजनैतिक स्थिरता छ, विभिन्न दलका नेताहरुमा समान धारणा छ भन्ने खालको कामदरको उपलब्धता, कामदारको उत्पादकत्व कस्तो छ ? भन्ने कुरा राजनैतिक प्रशासनिक तिर आयो । त्यो पनि लगानी सम्मेलनमा निकै महत्वपूर्ण कुरा हो ।

यसमा तेस्रो पक्ष भनेको नेपालको निजी क्षेत्र कस्तो छ ? भन्ने कुरा आउँछ । यसमा रेडिमेन्ट गार्मेटमा लगानी गर्दा त्यसले दुख दिने त होइन ? भन्ने कुरा आउँछ । यसमा सौता आयो भनेर दुख दिने हो कि ? भन्ने कुरा पनि आउँन सक्छन् ।

हामीले विगतको अनुभव हेर्दा लगानी सम्मेलनमा लगानीकर्ता आउँदा पनि सो केसमा हामी कमजोर देखिन्छौ, देखाउँनलाई केही पनि हुँदैन । जस्तो उदाहरणका लागि वि.स.२०७३ सालमा पहिलो लगानी सम्मेलन भएको थियो त्यति बेला १४ खर्ब रुपैयाँ आउँछ भन्ने प्रतिवद्धता थियो । त्यसपछि वि.स.२०७५।७६ तिर आउँदा दोस्रो लगानी सम्मेलनमा ३३ खर्ब रुपैयाँको प्रतिवद्धता आएको थियो । त्यस्तो बेलामा हाम्रो कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, राष्ट्रिय योजना आयोगहरुले प्रतिवद्धता अनुसारको केही अनुगमन गरेको देखिदैन । हामीले विदेशीलाई स्वागत गर्न पर्खेका र्छौ, आउँनुस् भन्ने केही पनि अनुगमन भएन ।

बरु एउटा लगानी सम्मेलनमा हत्तपत्त ऐन संसोधन चाही गरिएको  छ । विशेष आर्थिक क्षेत्र ऐन, व्यवसायका ऐन, विदेशी लगानीकर्ता तथा प्रविधि हस्तान्तरण ऐन, कम्पनी ऐनका केही बुँदा संसोधन गरिएको थियो । एकद्धार प्रणाली पनि त्यही बेलामा आएको थियो । तर, एकद्धार प्रणालीले पट्क्कै काम गर्न सकेन । राजनैतिक रुपमा हेरौ वैशाखमा पनि त्यस्तै हुने देखिन्छ । सरकार बस्छ कि ढल्छ ? अर्थमन्त्री यो हो कि त्यो हो ? गृह मन्त्री को होला ? भन्ने जस्ता हाम्रोमा सधै यही समस्या र किचलो मात्रै देखिने प्रवृत्ती हावी छ । यो लगानी सम्मेलनको लागि पटक्कै राम्रो कुरा होइन । लगानीकर्ता आउँदा त्यसै आउँदैन । उसले यहाँ आफ्नो देशको राजदुतावासबाट बुझ्छन् । त्यसपछि हाम्रो राजदुतावास जुन देशमा छन् त्यहाँ बुझ्छन् । दुई पक्षिय चेम्बर अफ कमर्शमा पनि बुझ्छन् । उनीहरुलाई लगानीको अवसर विभिन्न देशले माग गर्दा उनीहरुले नेपाल, भारत, चीन, जापान, जर्मन कहाँ जाने भनेर खोजी गर्छन् । त्यो हिसाबले हेर्दा त यहाँ केही पनि तयारी देखिदैन । देखाउँनको लागि उद्योग ऐन, केही सम्पत्ती शुद्धिकरण ऐन, नेपाल राष्ट्र बैंक ऐनमा केही सुद्धिकरण गरिएका छन् । यो देखाउँनका लागि हो । सरकारका प्रतिवद्धता त्यसमा छैन, देखिदैन ।

प्रधानमन्त्री पोहोर साल पुस १० गते हुनुभएको थियो । त्यो बेलादेखि निरन्तर निर्देशन दिनुभयो । अहिले जोडदा ४० निर्देशनहरु आएका होलान् तर त्यसमा काम भने केही पनि भएको छैन । त्यो कुरा त नेपालको मात्र नभई विदेशबाट पनि हाम्रा लगानीकर्ताहरुले हेरिरहनु भएको छ । अहिले राजनैतिक रुपले लगानी सम्मेलन गर्ने उपयुक्त समय भएन ।

लगानी सम्मेलन गर्नु अगाडी सबै दलका नेताहरु, पूर्व प्रधानमन्त्रीहरु, अर्थ मन्त्रीहरु एक ठाउँमा बसेर छलफल गर्न आवश्यक छ । आ–आफ्नो अनुभव पनि साट्न आवश्यक छ । मलाई त आगामी लगानी सम्मेलनले साच्चै तात्विक फरक पार्ला जस्तो लाग्दैन । जिडीपीको रुपमा हेर्नु भयो भने वैदेशिक लगानी हाम्रोमा माल्दिभ्स, भुटान भन्दा पनि कम छ ।

संसारमा जिडीपीको प्रतिशतको आधारमा हेर्दा सबैभन्दा कम लगानी हाम्रै देशमा आएको छ । ऐनसेलले नै नेपालमा लगानी गर्ने वातावरण छैन भनिरहेको अवस्था छ, त्यो मुद्धाको समाधान भएको छैन । लगानीकर्ताहरुको मुलुकमा प्रवाह गर्नु पर्ने सन्देश पनि प्रवाह भएको छैन । वैशाखमा लगानी गर्ने हो भने महावाणिज्य दुतावास, राजदूतावसहरुले त्यहाँका व्यवसायीहरुसँग विगतमा वि.स.२०७३।७६ सालमा लगानी गर्छु भनेर जुन देशले प्रतिज्ञा जनाएका थिए उनीहरुलाई बोलाएर छलफल गरेको खोई ?

अहिले पनि हाम्रो उद्योग मन्त्रालयले, नेपाल सरकारले नेपाल भारत, नेपाल चीन चेम्बर अफ कमर्शसँग छलफल गरेको खोई ? यो कुरा कुनै मन्त्री , सचिव कसैले भित्रदेखि चाहेर छलफल गरेको अवस्था छैन । कि त सरकारलाई यो सम्मेलनको के कस्तो नतिजा आउँछ ? भन्ने थाँहा छैन कि त लगानीर्ताहरुको मनोविज्ञान के हुन्छ ? भन्ने थाँहा छैन । यसले के–कस्ता सुरक्षा खोज्छ भन्ने थाँहा छैन । अहिले तपाईहरु हेर्नुुस् न कहिले बिजुलीको तार उद्योगहरुमै काटेको छ । ठूला व्यवसायीहरुलाई नै धमाधम जेलमा हालेको अवस्था छ । भूटानी शरणर्थीदेखि लिएर मुख्य सचिवसम्मकै कुराहरु आईरहेको छ । यस्तो बेलामा हामीले दिन खोजेको सन्देश के होला ?

हाम्रो सरकारले विदेशीलाई खाना देला, उनीहरुले दुई चार लाख खर्च गर्लान् । त्यो मात्र तयारी होइन । पाँच चारे होटलमा जाने, स्वागत मन्तव्य दिने जस्तो भौतिक तयारी मात्र होइन की, अर्थमन्त्रालयले, नेपाल राष्ट्र बैंकले, उद्योग मन्त्रालयले त्यहाँ के भन्ने ? राष्ट्रिय योजना आयोगले के भन्ने स्पष्ट हुुनुपर्यो । राजेश अग्रवाल, राजेन्द्र मल्ल, चन्द्र प्रसाद ढकालले त्यहाँ बोल्ने ? मात्र होइन नि । त्यहाँ भन्ने विषय, उठाउँने मुख्य सन्दर्भ के हो ? भन्ने त चाहियो नि । त्यसको केही पनि सल्लाह पनि भएको छैन । त्यसैले अहिलेको लगानी सम्मेलनको समय चाही उपयुक्त देखिएन् ।

यो समाचार शेयर गर्नुहोस्
806SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?