काठमाडौं । असार २१ गतेका लागि एनएमबि लघुवित्तले ११ औं वार्षिक साधारण सभा बोलाएको छ।
सभा, होटल बाराही पोखरामा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। साधारण सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। यसअघि नै कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ।
सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ। साथै,सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियक्ति अनुमोदन गर्नेछ।
सभामा अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते शुक्रबार बुक क्लोज गर्ने जनाएको छ। यसर्थ असार ६ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

































