काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
बैंकले माघ २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। २० वाणिज्य बैंकहरूमध्ये हालसम्म १२ बैंकहरूले लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् ।
अब कृषि विकास बैंकसहित लाभांश वितरण नगर्ने बैंकहरूको संख्या ८ पुगेको छ।यस अगाडि ७ बैंकहरूले लाभांश वितरण नगर्ने घोषणा गरिसकेका छन् ।


































