National life

लामिछानेलाई थप ४ दिन हिरासतमै राख्न अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
653Shares
लामिछानेलाई थप ४ दिन हिरासतमै राख्न अदालतको आदेश
ncell

काठमाडौँ। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको आदेश दिएको छ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार (आज) अदालत उपस्थित गराउँदै थप चार दिन हिरासतमा राख्न माग गरिएको थियो । प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीवी राईका सहयोगी लीला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

सोमबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाइसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गरिएको थियो। भने छविलाल जोशीलाई असोज ६ गते नै प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले म्याद थपको लागी समय माग गरेसँगै अदालतले थप ४ दिन हिरासतमै राख्न म्याद दिएको हो।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?