National life

वाइडबडी खरिदमा भ्रष्टाचारको निष्कर्षसहित तत्कालीन मन्त्री शाही विरुद्ध मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ चैत २०८०, बिहिबार
727Shares
वाइडबडी खरिदमा भ्रष्टाचारको निष्कर्षसहित तत्कालीन मन्त्री शाही विरुद्ध मुद्दा
ncell

काठमाडौँ । नेपाल वायु सेवा निगमका दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

करिब २४ अर्ब रुपैयाँका मूल्यका ती दुई जहाज खरिदका क्रममा एक अर्ब ४७ करोड अर्ब रुपैयाँ ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नेवानिका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कायममुकायम निर्देशक रवीन्द्र श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ। त्यसै गरी निगमका निर्देशकत्रय उपेन्द्र पौडेल, उमेश पौडेल र श्रवण रिजाललाई पनि यो भ्रष्टाचार मुद्दाको प्रतिवादी बनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अख्तियारले निगमका तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल र वर्तमान उपनिर्देशक बृहत्तमान तुलाधरविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।

उक्त प्रकरणमा त्यस बेला जहाज खरिदमा परामर्शदाताको भूमिका खेलेका सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक एवम् नेवानि सञ्चालक समितिका तत्कालीन सदस्य जीवनप्रकाश सिटौला र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन सञ्चालक समिति सदस्य अच्युतराज पहाडी विरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।

त्यसै गरी भन्सार विभागका तत्कालीन महानिर्देशक एवम् नेवानि सञ्चालक समिति सदस्य शिशिरकुमार ढुंगाना, पर्यटन मन्त्रालयका सहसचिव एवम् निगमका तत्कालीन सञ्चालक समिति सदस्य बुद्धि सागर लामिछाने, नेवानिका तत्कालीन सञ्चालक समिति सदस्य निमानुरु शेर्पा, टेकनाथ आचार्य र मुक्तिनाथ पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलेको छ।

त्यस्तै निगमका तत्कालीन निर्देशक गणेबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन निर्देशक तथा हालका वरिष्ठ क्याप्टे सुवास रिमालविरुद्ध पनि यो प्रकरणमा मुद्दा दर्ता भएको छ। प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा बिहीबार बसेको अख्तियारको बैठकले अनुसन्धान अधिकृतको प्रतिवेदनअनुसार मुद्दा चलाउने निर्णय गरेको थियो। त्यहीअनुसार अख्तियारले मुद्दाको फाइल विशेष अदालतमा पेस गरिसकेको छ।

अख्तियारले जहाज खरिद प्रकरणमा मुछिएका कांग्रेस नेता एवम् तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?