National life

विकास साझेदारले भनेः नेपालमा लगानीको वातावरण बनेको छ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
785Shares
विकास साझेदारले भनेः नेपालमा लगानीको वातावरण बनेको छ
ncell

काठमाडौं– विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन्।

तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार बिहान कार्यक्रम स्थल होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुन अनन्तसँग साइडलाइट वार्ता गरेका थिए।

त्यस क्रममा उनीहरुले सरकारले हालैमात्र कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगनाी वातावरण बताएको बताए। यस्तै उनीहरुले सत्तारुढ र प्रतिपक्षी दलबीच विकासबारेको समान धारणाको खुलेरै प्रशंसा गरे।

सम्मेलन उदघाटन सत्रमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेण्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएकातर्फ उनीहरुको संकेत थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरुले कानूनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाए। नेपालका दलहरुमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरुको भनाइ थियो।

बैठकमा मन्त्री पुनका साथै मुख्य सचिव बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजश्व सचिव डा रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सह–सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए।

यो समाचार शेयर गर्नुहोस्
785SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?