National life

विदेशबाट फर्किएर तरकारी खेतीबाट मनग्य कमाइ गरिरहेका पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ फागुन २०८०, शुक्रबार
659Shares
विदेशबाट फर्किएर तरकारी खेतीबाट मनग्य कमाइ गरिरहेका पुन
ncell

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा कतारमा ७ वर्ष बिताएपछि गाउँ फर्किएका म्याग्दीको मालिका गाउँपालिका–६ का संकेत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । त्यसपछि उनले तरकारी खेती गर्ने सोच बनाए ।

५ वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको ३ रोपनी जग्गालाई खनजोत गरेर पुनले तरकारी र सुन्तला खेती सुरु गरे । अहिले उनको बारीमा मौसमी र बेमौसमी तरकारी फलिरहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष तरकारी बेचेर ४ लाख रुपैयाँ आम्दानी गरेका उनले यो वर्षदेखि सुन्तला र कागती खेतीसमेत विस्तार गरेका छन् ।

बेनी नगरपालिका–२ बञ्चरेढुंगाका ५३ वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । ३ दशकअघि २० वर्षे उमेरमा साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले १० वर्ष साउदी अरब र ५ वर्ष भारतमा काम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए ।

घर फर्केर आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने उनको जीवनमा हरियाली छाउन थालेको घिमिरे बताउँछन्। अहिले जीवनको उत्तरार्धमा व्यावसायिक तरकारी खेतीले प्रशस्त आम्दानी भइरहेको उनले बताए । पुन र घिमिरेजस्तै बेनी–२ खबराका शोभित शर्मा, चन्द्रबहादुर कार्की, रोहोटेका चन्द्रबहादुर घिमिरे, मंगला–५ का टीकाकुमारी खत्रीलगायत किसानले गाउँकै थोरै खेतबारीमा पनि व्यावसायिक रुपमा गरेको तरकारी र फलफूल खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाका अनुसार पछिल्लो समय खाडीमुलुकबाट गाउँ फर्केर व्यावसायिक कृषिमा लागेका युवाको संख्या बढ्दै गएको छ । उनीहरुले मनग्य आम्दानी पनि गर्दै आएका छन् । सन् २०२१ मा कोरोना महामारीको समयमा युएईबाट गाउँमा फर्केर तरकारी खेती सुरु गरेका मालिकाकै टेकबहादुर सिउथानीको बारीमा बाह्रै महिना तरकारी खेती हुने गरेको छ । तरकारी खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो विदेश जान नपरेको उनके भनाइ छ ।

'पहिला विदेशको भूत चढ्यो, विदेश गए पछि के के न गरिएलाजस्तो लाग्यो र ऋणधन गरेर विदेश गएँ । विदेश गएको अर्को वर्ष कोरोना महामारी सुरु भयोु, उनले भने, ु काम नपाएपछि गाउँमा फर्केर सुरु गरेको तरकारी खेतीले अहिले खानबस्न समस्या छैन ।' उनले आफूले मोबाइलमा युट्युब हेरेर बेमौसमी तरकारी खेती गर्ने तरिका सिकेको बताए ।

म्याग्दीमा पछिल्लो समय तरकारी र फलफूल खेतीप्रति युवाको आकर्षण बढ्दै गएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका एक सय बढी व्यक्ति व्यावसायिक तरकारी खेतीमा लागेका छन् । त्यसैगरी फलफूल खेतीतर्फ पनि उत्तिकै आकर्षण छ । यस वर्ष जिल्लाबाट २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस वर्ष जिल्लामा ७ सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेकामा ४ सय हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइएको थियो । उक्त क्षेत्रफलमा ३ हजार ६ सय मेट्रिक टन सुन्तला फल्दा न्यूनतम मूल्य प्रतिकिलो रू ५५ का दरले बिक्री गर्दा पनि कृषकले रू १९ करोड ८० लाख आम्दानी गरेका उनले जानकारी दिए ।

यहाँ उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै पोखरा, काठमाडौँ, चितवन, मुग्लिनलगायतका बजारमा निकासी भएको केन्द्रले जनाएको छ।

म्याग्दीको भकिम्ली, राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैंचा रहेका कृषि ज्ञान केन्द्रको तथ्यांक छ।

कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए । केन्द्रकी सूचना अधिकारी सम्झना शर्माले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताए। केन्द्रका अनुसार आर्थिक वर्ष ०७८र०७९ मा २ हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा १३ करोड जिल्लामा भित्रिएको थियो । गत आवमा करिब ३ हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदा १९ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यस वर्ष मंसिर अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?