काठमाडौं । विभिन्न निकाय अन्तर्गतका काम अलपत्र पार्ने ५ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
खरिद अनुगमन कार्यालयले आज बिहान एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो छ।कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अलपत्र पार्ने काठमाडौं पुतली सडकमा कार्यालय रहेको भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिसाई जेभीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयको फिदिम कार्यालयअन्तर्गत पर्ने मैनाचुली–सिद्धिसाई जेभीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, धादिङको धुनीबेसी नगरपालिकाको सिफारिसमा कास्र्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि १ वर्षका लागि कालोसूचीमा परेको छ ।



































