काठमाडौं । यस साता नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ। साताको पहिलो दिन आइतबार र सोमबारका दिन सुनको मुल्यले एक पछि अर्को रेकर्ड कायम गरेको थियो ।
आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन हालसम्मकै उचाइमा पुगेर प्रति १० ग्राम १ लाख २१ हजार ५ सय ७० मा नयाँ रेकर्ड राखेको छ।
साताको अन्तिम कारोबारका दिन शुक्रवार सुनको मूल्य घटेर प्रति १० ग्रामको १ लाख १७ हजार ३ सय ७० कायम भएको छ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ ।
साताको पहिलो दिन आइतबारप्रति १० ग्राम १ हजार ६ सय ३७ रुपैयाँ ५० पैसा रहेको मूल्य साताको दोस्रो दिन रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ६ सय ६३ रुपैयाँ पुगेको हो । नेपाली बजारमा मात्रै नभएर यस साता विश्व बजारमा समेत सुन तथा चाँदी दुवैको मूल्य उच्च दरले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ

































