National life

विश्व बैंकको १ अर्ब ६३ करोड अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ पुस २०८१, सोमबार
1.2kShares
विश्व बैंकको १ अर्ब ६३ करोड अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
ncell

काठमाडौं । सरकारले पाटन उच्च अदालतका न्यायाधीश विदुर कोइरालालाई विशेष अदालतको सदस्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका १५ जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गरेको छ । ९ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरुको सरुवा गर्ने निर्णयसमेत मन्त्री परिषद्को बैठकले गरेको छ ।

यस्तै बैठकले विश्व बैंकबाट प्राप्त हुने करिब १ अर्ब ६३ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने भएकको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैठकले समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्नेसहित विभिन्न २८ वटा निर्णय गरेको हो ।

त्यस्तै, सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी बृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यवासायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुदमन्त्रीलाई मलेसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई साउदी अरेवियाको रियादमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?