काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन उर्जा विकास कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएको छ।
असार ७ गते हकप्रद सेयर निष्काशन गर्न बोर्डले कम्पनीलाई स्वीकृती दिएको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।




































