National life

शिवम् सिमेन्ट्सकाे खुद नाफा घट्याे, यस्ताे छ वित्तीय विवरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
943Shares
शिवम् सिमेन्ट्सकाे खुद नाफा घट्याे, यस्ताे छ वित्तीय विवरण
ncell

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार शिवम् सिमेन्ट्स लिमिटेड नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा छ। गत आर्थिक वर्ष यसै अवधिमा शिवमले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पहिलो त्रैमासमा कम्पनीको बिक्री आम्दानी ६.०६ प्रतिशत बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले, यो आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ९३.२२ प्रतिशत घटेको छ भने कुल आम्दानी १०.७७ प्रतिशत घटेको छ।

त्यस्तै, कम्पनीकाे कुल खर्च ७.९३ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ ।

त्यस्तै, किताबी मूल्य अर्थात् प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५ पैसा छ।

यो समाचार शेयर गर्नुहोस्
943SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?