काठमाडाैं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० चौथौ त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाले १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म संस्था ४७ लाख ४९ हजार रुपैयाँले घाटामा थियो ।
समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १ करोड ५८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८४ हजार सञ्चालन घाटा व्यहोरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी भने १९.२८ प्रतिशतले घटेर १२ करोड ५१ लाख रुपैयाँ खुम्चिएको छ । अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १५ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ५.११ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष एनपीएल ६.५१ प्रतिशत थियो । खराब कर्जाका लागि संस्थाले प्रोभिजनका रुपमा २ करोड ८२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ । अघिल्लो वर्ष पनि संस्थाले ७ करोड ८४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो ।
समीक्षा अवधिसम्म संस्थाले १ अर्ब २३ करोड रुपैयाँ सापटी लिई २ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १ अर्ब १६ करोड रुपैयाँ सापटी लिई २ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ०.१९ प्रतिशतले बढेर १० करोड ३३ लाख रुपैयाँको भएको छ । अघिल्लो वर्ष रिजर्भमा १० करोड ३१ लाख रुपैयाँ थियो ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १०.१८ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.७९ रुपैयाँले ऋणात्मक थियो । पीई रेसियो ११६.६० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९३.५९ रुपैयाँ रहेको छ ।


































