National life

सङ्घीय निजामती ऐन माग गर्दै कर्मचारी आन्दोलित,सिंहदरबार प्रवेशमा रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ वैशाख २०८०, बिहिबार
1.7kShares
सङ्घीय निजामती ऐन माग गर्दै कर्मचारी आन्दोलित,सिंहदरबार प्रवेशमा रोक
ncell

काठमाडौँ । कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले आज सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् । सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै आज सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो ।

गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार वैशाख १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘सङ्घीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो। यस्तै वैशाख २० गते बुधवार पनि प्रधानमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कानुन न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई देशैभरीबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराई सकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आन्दोलनको कार्यक्रम अन्तर्गत आज आज कर्मचारीहरू सिंहदरबार जाने छैनन् भने अरूलाई पनि प्रवेशमा रोक लगाउने तयारी गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?