National life

सन्तोष कोइराला नेतृत्वमा बैंकर्स संघको नयाँ कार्य समिति चयन, यस्तो छ टिम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
876Shares
सन्तोष कोइराला नेतृत्वमा बैंकर्स संघको नयाँ कार्य समिति चयन, यस्तो छ टिम
ncell

काठमाडौँ। नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन्।

आज काठमाडौँमा संघको वार्षिक साधारण सभाले सिईओ सन्तोष कोइरालालाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको छ । संघको उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

संघको अन्य कार्यसमितिका तीन जना सदस्यहरूमा एभरेष्ट बैंक लिमिटेड सीईओ सुदेश खालिङ, कुमारी बैंक सीईओ राम चन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संघको कार्यकारिणी समितिका सदस्यमा प्रभु बैंकका सीईओ अशोक शेरचन, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सीईओ सञ्जिब मानन्धर र सिद्धार्थ बैंकका सीईओ सुन्दर प्रसाद कँडेल चयन भएका छन्।

संघको सल्लाहकारमा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सिईओ अशोक राणा रहेका छन्।

बुधबार संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको दावी गरेका छन् । केसीले नेपाली बैंकिङ्ग क्षेत्रले ठूलो चुनौतिका बीचबाट अघि बढेपनि दक्षिण एसियाका अन्य देशहरूको भन्दा उत्कृष्ट रहेको बताएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
876SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?