National life

सरकारले चाडपर्वअघि नै ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
632Shares
सरकारले चाडपर्वअघि नै ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने
ncell

काठमाडौँ । सरकारले आउँदै गरेका चाडपर्वलाई लक्षित गरेर ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नजिकिएका चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्यान्न ब्यवस्थाप तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट दिएर १०/१० हजार मेट्रिक टन चिनी आयत गर्न स्विकृत गर्ने निर्णय गरेक‍ो हो।

सरकारले अहिले चिनीमा ३० प्रतिशत भन्सार महसुल लगाउने गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तोमा मन्त्रिपरिषद्ले २० हजार टन चिनी आयात गर्न दुईवटा कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको हो।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि ६० हजार टन चिनी आयात अनुमति मागेको थियो। तर सरकारले नेपाली बजारमा अहिले पर्याप्त चिनी रहेकाले बजार मूल्यमा हस्तक्षेपका लागि २० हजार टन मात्रैका लागि भन्सारमा सहुलियत दिइएको जनाएको छ।

अहिले नेपाली बजारमा चिनीको थोकमूल्य प्रतिकेजी १०५ रुपैयाँ छ। बजारमा भने चिनी ११५ देखि १२० रुपैयाँ केजीमा किनबेच भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?