National life

सरकारले यी स्थानमा चाडपर्व लक्षित सुहुलियत पसल सञ्चालन गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
1.2kShares
सरकारले यी स्थानमा चाडपर्व लक्षित सुहुलियत पसल सञ्चालन गर्ने
ncell

काठमाडौं । सरकारले चाडपर्व लक्षित सुहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारले असोज २१ गतेदेखि दसैं तिहार लगायतका चाडपर्व लक्षित सुहुलियत पसल सञ्चालन गर्ने भएको हाे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार दसैं, तिहार र छव पर्वहरुलाई लक्षित गरी असोज २१ गते देखि मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन हुने छ ।

उपभोक्ताहरुको हितलाई ध्यानमा राखी उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा दैनिक उपभोग्य खाद्य वस्तुहरु उपलव्ध गराउने उद्देश्यले मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्ने छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौंको थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालन हुनेछ ।

सहुलियत पसलका सबै किसिमको चामल (मोटा/मसिनो/लङग्रेन), दालहरु, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा प्रतिकेजी ७ रुपैयाँ, कर्णालीको सिमी/गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवा तथा जिउँदो खसी/बोका/च्याङ्गरा प्रतिकेजी १० रुपैयाँ सहुलियतमा पाइने छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसलबाट सहुलियतमा सामान खरिद गर्न सकिने छ । नुन प्रतिकेजी २ र अन्य खाद्य वस्तुहरु मध्ये तेल र चिउरामा प्रति केजी ७ रुपैयाँ सहुलियत कार्यविधिमा जनाइएको छ ।

दुग्ध विकास संस्थानले पनि सहुलियतमा दुग्ध उत्पादनहरु बिक्री वितरण गर्नेछ । त्यसका लागि एकीकृत पसल लगायत लैनचौर, न्यूरोड र खुमलटारमा छुट दिने व्यवस्था गरिएको छ । घ्यू प्रतिकेजी २०, पनीर २०० ग्राममा २० र पनीर ५०० ग्राममा ५० रुपैयाँ छुट हुनेछ ।

त्यस्तै काठमाडौं बाहिर मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुँङ्गा, खोटाङ्ग, सिरहा, जनकपुर, पर्सा, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ्ग, मुस्ताङ्ग, रुपन्देही, बाँके, दाङ्ग, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ्ग, अछाम, दार्चुला, महेन्द्रनगर गरी जम्मा ४२ जिल्लाका ४८ स्थानमा सहुलियत पसल सञ्चालन हुनेछ ।

दुग्ध विकास संस्थाले विराटनगर, जनकपुर-ढल्केवर, जनकपुर हेटौंडा, कोहलपुर, नेपालगंज, अत्तरिया, धनगढी, बुटवल गरी जम्मा ११ स्थान सहित एकिकृत घुम्ती सेवा पसल सञ्चालन गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?