National life

सर्वसाधरणले किन्न पाउने सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
549Shares
सर्वसाधरणले किन्न पाउने सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले पष ४ गते आज बुधबारदेखि संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?