काठमाडौं- सर्वोत्तम सिमेन्टको पहिलो दिन कारोबार समयको केही मिनेटमै सकारात्मक सर्किट लागेको थियो भने आज दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज नेप्सेमा कारोबार खुला भएकै दिन अर्थात मंगलबार १० प्रतिशतले बढेर सर्वोत्तम सिमेन्टको कारोबार बन्द भएको थियो। सूचीकरणको दोस्रो दिन अर्थात बुधबार पनि सुरुवाती कारोबारमै भाउ ९.९९ प्रतिशतले बढेर ६७२.७० रुपैयाँ पुगेको छ।

































