काठमाडौँ। आज शेयर बजारमा सामान्य अंकले बढेको छ । निरन्त बढेको शेयर बजार र कारोबारमा भने गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.११ अकंले बढेर २९६८.४४ बिन्दुमा कायम भएको छ ।
आज ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ५११ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक ४.९९ प्रतिशतले बढेको छ । साथै, बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैक समूहको ०.७२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१२ प्रतिशत, अन्य समूहको ०.१८ प्रतिशत र अन्य समूहको शेयर मूल्य घटेको छ ।
बुधबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज १०० कम्पनीको शेयर मूल्य बढ्दा १४० कम्पनीको शेयर मूल्य घटेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टिप्रपोज फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

































