काठमाडौँ । नेपालमा निर्जीवन बीमा क्षेत्रको प्रतिष्ठित कम्पनी सलिको र उधारो बिक्री व्यवस्थापन (ट्रेड क्रेडिट म्यानेजमेन्ट) तथा उधारो बिक्री बिमा सम्बन्धी विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा नेपाल बिच २०८१ साल असार द्ध गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाली बजार अनुरूप उधारो बिक्री बिमाको शुभारम्भ तथा विकास गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको छ जसबाट व्यवसायी लगायत सरकारलाई पर्याप्त लाभहरू हुने देखिन्छ । समझदारी पत्रमा डेल्क्रेडा नेपालका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन्।
यस सहकार्यको मुख्य लक्ष्य वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न संयुक्त रूपमा नेपाल बीमा प्राधिकरणलाई नेपालमा उधारो बिक्री बिमाको लागि नियामक ढाँचा विकास गर्न सहयोग गर्नु हो ।
साथै डेल्क्रेडा नेपालले सलिको लाई उपयुक्त उधारो बिक्री बिमा नीति विकास गर्न, प्राविधिक समाधानहरू प्रदान गर्न र सुचारु सञ्चालनका लागि निरन्तर रुपमा आवश्यक सेवा प्रदान गर्न मद्दत गर्नेछ। उधारो बिक्री बिमाको सुरुवातले व्यवसाय, सरकार र बीमा उद्योगमा धेरै फाइदाहरू हुनेछ :
व्यवसायलाई हुने फाइदाहरू यस प्रकारका छन् :
१ जोखिम न्यूनीकरणः उधारो बिक्रि बीमाले व्यवसायहरूलाई तिनीहरूका ग्राहकहरूले भुक्तान नगर्ने जोखिमबाट
२ क्रेडिट व्यवस्थापनः उधारो बिक्रि बीमाबाट, व्यवसायहरूले आफ्ना ग्राहकहरूलाई प्रतिस्पर्धी क्रेडिट सर्तहरू
३ वित्तिय पहुँचः उधारो बिक्रि बीमा गरिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले व्यवशायी हरुलाई अनुकुल
४ स्थायित्व र वृद्धिः आफ्नो व्यवसायहरूलाई ऋण जोखिमहरूबाट जोगाएर, व्यवसायहरूले अझ बढी
सरकारलाई फाइदाहरू यस प्रकारका छन :
५ आर्थिक स्थायित्वः सरकारले उधारो बिक्रि बीमाको प्रयोगलाई बढावा दिएर, भुक्तानी नगरिएको बिजकहरूका
६ कर राजस्वमा बृद्धीः उधारो बिक्रि बीमाको थप सुरक्षाको साथ व्यवसायहरू बढ्दै र फस्टाउन थालेपछि, उच्च
७ सुदृढ वित्तीय क्षेत्र र लगानी आकर्षणः उधारो बिक्रि बीमा बजारको विकासले नेपालको वित्तीय क्षेत्रको समग्र

































