National life

सहकारीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद १५ दिन थप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
731Shares
सहकारीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद १५ दिन थप
ncell

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको १५ दिन म्याद  थप भएको छ।

आज ९मंगलबार० बसेको प्रतिनिधि सभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले १५ दिन म्याद थपको प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

पहिलो चरणमा जेठ १५ मा गठन भएको उक्त संसदीय समितिको अवधि ३ महिनाका लागि तोकिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिलो बैठक बसेको मितिले ३ महिना कायम हुने उक्त समयावधि यही भदौ २२ गते सकिँदै छ।

मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समयबाहेक बिहान, बेलुका र मध्यरातसम्म काम गरिरहेको जानकारी गराउँदै प्रतिनिधि सभा बैठक प्रतिवेदन लेखनको काम भइरहेको कारण १५ दिनको समय थपको माग गरेका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?