National life

सहकारी ठगीमा मुद्दा चलाइएका रविलाई भोली पोखरा र लगत्तै चितवन पठाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
619Shares
सहकारी ठगीमा मुद्दा चलाइएका रविलाई भोली पोखरा र लगत्तै चितवन पठाइने
ncell

काठमाडौँ। जिल्ला प्रहरी परिसर, काठमाडौँबाट सहकारी ठगीमा मुद्दा चलाइएका रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।

शुक्रवारदेखि लिएको बयान आज तेस्रो दिन सोमबार सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

लामिछानेलाई भोलि पोखरा पठाइने र पोखराबाट फेरि अर्को बयानका लागि चितवन पठाइने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज भट्टको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा जीवी राई, लामिछाने र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलेको छ ।

उनीमाथि पोखरामा सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ती सुद्धीकरणमा अनुसन्धान भइरहेको छ। यसअघि लामिछानेसँग रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमासमेत बयान लिइसकिएको छ।

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?