National life

सहकारी ठगी प्रकरणमा जोशीको बयान सकियो पछाईंको सुरु, रविको अझै अन्योलमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
1.1kShares
सहकारी ठगी प्रकरणमा जोशीको बयान सकियो पछाईंको सुरु, रविको अझै अन्योलमा
ncell

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ । सोमबारदेखि सुरु भएको जोशीको बयान आज (मंगलबार) सकिएको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोशीको बयान सकिए लगत्तै गितेन्द्रबाबु राईसँग मिलेर सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईंको बयान सुरु भएको छ।जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बयानका लागि छवि, लिलासहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, जीवीका साझेदर नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो ।

सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध थप अभियोजन अदालतमा दर्ता भएको छ। त्यस लगत्तै सोमबारबाट बयान सुरु भएको थियो । रवि लामिछानेलगायतको भने अझै बयान बाँकी छ।

आरोपितहरूमाथि करिब १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागवादी गरिएको छ । सूर्यदर्शन सहकारीको रकम ठगी भएको विषयमा प्रहरीले पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन, संसदीय विशेष समितिको प्रतिवेदन समेतलाई आधार मानेर थप अनुसन्धान अघि बढाएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?