National life

सहकारी पीडितलाई तत्काललाई ५ लाख रकम फिर्ता गराउने सरकारको प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
867Shares
सहकारी पीडितलाई तत्काललाई ५ लाख रकम फिर्ता गराउने सरकारको प्रतिबद्धता
ncell

काठमाडौँ। सहकारीमा बचत रकम डुब्दा समस्यामा परेका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने अर्थमन्त्री वर्षमान पुनले प्रतिबद्धता जनाएका छन्।

आज प्रस्तुत बजेट माथिको अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री पुनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए ।

यसले सहकारीमा देखिएको समस्या पुरापुर मात्रामा समाधान गर्न नसकेपनी समाधान गर्दै लैजान विषयमा भने मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्त विपरीत चलेका कारण यस क्षेत्र बदनाम भएको छ,’ अर्थमन्त्री पुनले भने , ‘सहकारी सानो सानो पुँजी र शक्तिलाई एकीकृत गरेर ठुलो पुँजी, शक्ति बनाउने माध्यम भएको उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आम सहकारीका बचतकर्ता चिन्तित हुनुपर्ने उनले बताए । समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने मन्त्री पुनको भनाई छ । साथै बजेटमा सहकारीको नियामक गठन गर्ने विषय समेत समावेश भएको मन्त्री पुनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
867SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?