काठमाडौं । साताको चौथो कारोबार अर्थात बुधबारका दिन सेयर बजारमा सामान्य सुधार आएको छ ।
आज शेयरबजार ३.३३ अंकले बढेर १८४१ को विन्दुमा कायम हुन पुगेको हो । आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।
कम्पनीको ७ करोड ३३ लाख ८५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३० लाख १२ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन माउन्टेन इनर्जी नेपालको ६ करोड १८ लाख २२ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख ५४ हजार रुपैयाँ कारोबार भएको हो ।



































